काठमाडौं, १४ मंसिर । विवाह गरेको ६ वर्षपछि एक समलिंगी जोडीले कानुनी मान्यता पाएका छन् ।
नेपालमै पहिलो पटक लमजुङको दोर्दी गाउँपालिका–२ मा अर्चलबोटस्थित वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेसंगै कानुनी मान्यता पाएको हो ।
दोर्दी–२ सल्लाबोटकी ३७ वर्षीय माया नाम गरेका रामबहादुर गुरुङ र नवलपरासीको कावासोती नगरपालिका ८ का २७ वर्षीय सुरेन्द्र पाण्डेको बुधबार वडा कार्यालयले विवाह दर्ता गरेको हो ।
विवाह दर्तामा मायालाई दुलही र सुरेन्द्रलाई दुलाहा उल्लेख गरिएको बुझिएको छ ।