काठमाडौं,१३ मंसिर । नेपाल दुरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेको बारे इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जवाफ दिन २४ घण्टे अल्टिमेटम दिएको छ ।
प्राधिकरणले आज एक सुचना जारी गर्दै २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए÷नभएकोबारे जानकारी दिन निर्देशन दिएको हो ।
सोधेको प्रश्नको जानकारी नदिए सेवा प्रदायकलाई दुरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ ।
प्राधिकरणको अनुसार टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन गर्न सुचना दिएपनि कसैले पनि केही जानकारी नदिए पछि सुचना जारी गर्न परेको हो ।
अबको २४ घण्टाभित्र जवाफ पेस गर्न प्राधिकरणले निर्देशन दिएको छ ।