नेपाल इन्जिनियरिङको सचिवमा सरिता दवाडीलाई बढुवा गर्ने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

नेपाल इन्जिनियरिङको सचिवमा सरिता दवाडीलाई बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं, १३ मंसिर । सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगको परामर्श बमोजिम सो दिन निर्वाचन गर्ने निर्णय गरिएको सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । त्यसैगरी बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा सरिता दवाडीलाई बढुवा गर्ने निर्णय गरेको पनि उहाँले बताउनु भयो । बैठकले भुकम्प प्रभावित जिल्ला जाजरकोटमा अस्थायी आवास निर्माण गर्ने काममा जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरेको मन्त्री शर्माले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राष्ट्रिय सभाको जुन रिक्त सदस्य पद हुँदैछ । त्यसको पदपूर्तिको लागि २०८० साल माघ ११ गते निर्वाचन गर्ने भन्ने निर्णय भएको छ । निर्वाचन आयोगको परामर्श बमोजिम । नेपाल इन्जिनियरिङ सेवा तर्फ रिक्त सचिव पदमा सरिता दवाडीलाई बढुवा गर्ने । जाजरकोट केन्द्रबिन्दु भइ कार्तिक १७ गते गएको भुकम्पबाट प्रभावितहरुलाई अस्थायी आवास निर्माणको कार्य ढिला भयो भन्ने कुरा आएको छ । जसरी राहत र उद्धारको कार्य भएको थियो त्यो ढंगले अस्थायी आवास निर्माणमा समस्या भयो भन्ने आइसके पछाडी अस्थायी अवास निर्माण कार्यको लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समिति बनेको हुन्छ ।

त्यसको सिफारिसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई खटाउने निर्णय भएको छ । यदि जिल्लामा जनशक्ति अपुग भएमा प्रमुख जिल्ला अधिकारीको मागका आधारमा थप जनशक्ति उपलब्ध गराउने भन्नेपनि छ । सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय भएको छ ।’

मन्त्रिपरिषद्ले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाशीश लेखनाथ पौडेललाई तोक्ने निर्णय पनि गरेको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);