रुस युक्रेन युद्ध : रुसी सेनामा आबद्ध तीन नेपालीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

रुस युक्रेन युद्ध : रुसी सेनामा आबद्ध तीन नेपालीको मृत्यु

death body

काठमाडौं,१३ मंसिर । रुसी सेनामा आबद्ध रहेका तीन जना नेपालीको मृत्यु पुष्टि भएको छ । युक्रेनससँगको युद्धका क्रममा उनीहरुको ज्यान गएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ । नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान रहेका छन् ।

उनीहरुको गत १५ नोभेम्बर अर्थात कार्तिक २९ गते मृत्यु भएको जनाइएको छ । रुसी सेनाले नेपालीहरुलाई आफ्नो सहयोगीको रुपमा राखेका थिए । रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले नेपाली मारिएको घटनाको रुसी सेनामा विस्तृत सोधखोज भइरहेको जानकारी दिनुभएको छ । रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपालीहरू पनि रहेको सूचना बाहिर आइरहेका बेला तीन नेपाली मारिएकै घटना सार्वजनिक भएको हो ।

रुस–युक्रेन युद्धमा रुसको पक्षबाट लड्न झण्डै २ सय नेपाली रहेको अनुमान गरिएको छ । अन्य केही पनि सम्पर्कविहीन रहेको सूचना छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);