काठमाडौं, १२ मंसिर । धनुषामा परालले छोपेको अवस्थामा महिलाको शव फेला परेको छ । धनौजी गाउँपालिका–४ भडरियास्थित आँप बगैचाँमा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको हो ।
स्थानीयले शव देखेपछि प्रहरीलाई सुचना दिएका थिए । घटनास्थलमा अहिले कुकुरसहितको टोली अनुसन्धानका लागि पुगेको छ ।
शव केही गलिसकेको हुनाले २–३ दिन अघि नै हत्या गरेर शव फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।