वेस्ट बैंकमा इजरायली सेनासँगको झडपमा ७ प्यालेस्टाइनीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

वेस्ट बैंकमा इजरायली सेनासँगको झडपमा ७ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी,११ मंसिर । वेस्ट बैंकमा इजरायली सैनिकहरूसँगको झडपमा कम्तिमा सात जना प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जेनिन शरणार्थी शिविरमा रहेको एउटा घरमा इजरायली बम विष्फोटमा परी थप एक युवकको मृत्यु भएको जनाइएको छ ।

केही घण्टाअघि जेनिनका विभिन्न स्थानहरूमा मुठभेडका क्रममा इजरायली सेनाको गोलीबाट चार प्यालेस्टाइनीको मृत्यु भएको मन्त्रालयले जनाएको छ । इजरायली सेनाले जेनिन शरणार्थी शिविरमा आफ्नो अपरेशनको क्रममा पाँच प्यालेस्टिनीहरूलाई मारेको बताएको छ । यो वर्षको सुरुमा इजरायली बुबा र छोराको हत्या गरेको शंकास्पद एक प्यालेस्टाइनीलाई पक्राउ गरिएको थियो ।

प्यालेस्टाइनी रेड क्रिसेन्टकाअनुसार नाब्लस शहरमा इजरायली सेनाले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । अल–बिरेह सहरमा, सिगोट बस्ती नजिकै इजरायली सेनाको गोलीबाट एक १६ वर्षीय बालकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायलले यी दुई घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । अक्टोबर ७ मा इजरायली–प्यालेस्टाइन द्वन्द्वको नयाँ चरण शुरु भएदेखि वेस्ट बैंकमा इजरायलीबाट कम्तिमा २४० प्यालेस्टाइनीको मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);