काठमाडौं,११ मंसिर । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको विद्युतको लाइन काटिएको छ । विद्युत महसुल नतिरेका कारण नेपाल विद्युत प्राधिकरणले मन्त्रालयमा जडान भएको विद्युत लाइन काटिएपछि मन्त्रालय विद्युतविहिन भएको हो ।
मन्त्रालयको नाममा बुटवलमा मिटर जडान भएको र त्यहाँको रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत कनेक्सन काटिएको प्राधिकरण लमही शाखाले जनाएको छ ।
मन्त्रालयको नाममा जडान भएको विद्युतको बाँकी बक्यौता महसुल २ लाख ७२ हजार २ सय ६४ रुपैयाँ ४४ पैसा भुक्तानी गर्न बाँकी रहेको बुझिएको छ ।