प्रश्तावित ६ जना न्यायाधीशको संसदीय सुनुुवाई प्रक्रिया शुरु | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८१, बुधवार

प्रश्तावित ६ जना न्यायाधीशको संसदीय सुनुुवाई प्रक्रिया शुरु

काठमाडौं, ८ मंसिर । सर्वोच्च अदालतमा प्रश्तावित ६ जना न्यायाधीशको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ । शुक्रवार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश पदका लागि सिफारिस गरेकाहरुको संसदीय सुनुवाई प्रक्रिया शुरु गरेको हो ।

साथै बैठकले मन्त्रीपरिषद्ले सिफारिस गरेका पोर्चुगलका लागि प्रश्तावित आवासीय राजदुत सुनिल नेपालको लागि उजुरी दिन आह्वान गर्ने निर्णय गरेको छ । प्रश्तावित राजदुत र सर्वोच्चका न्यायाधीश पदमा सिफारिस गरिएकाहरुविरुद्ध उजुरी हाल्न १० दिने सूचना जारी गर्ने निर्णय बैठकले गरेको छ ।

न्यायपरिषद्को गत मंसिर ५ गते बसेको बैठकले उच्च अदालत विराटनगरकी मुख्य न्यायाधीश सुवेदी, उच्च अदालतका न्यायाधीशहरु मुसलमान, पौडेल र ढुंगाना तथा कानून व्यवसायीको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय पोखरेल र ढकाललाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यसैगरी मन्त्रीपरिषद्को गत कात्तिक २३ गते बसेको बैठकले नेपाललाई पोर्चुगलका लागि आवासीय राजदुतको रुपमा नियुक्ति गर्ने सिफारिस गरेको हो । संसदीय सुनुवाई समितिको अनुमोदन गरेपछि राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम प्रश्तावित सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);