तीनकुनेबाट दुर्गा प्रसाईं समर्थक २६ जना पक्राउ (नामसहित) | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

तीनकुनेबाट दुर्गा प्रसाईं समर्थक २६ जना पक्राउ (नामसहित)

काठमाडौं,८ मंसिर । गणतन्त्र विरोधी आन्दोलनमा तीनकुनेमा भेला भएका २६जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयको आदेश विपरित तीनकुनेमा जम्मा भएका दुर्गा प्रसाईं समर्थकहरु अहिलेसम्म २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वीर गोर्खालीका संयोजक सौरभ भण्डारीलगायत रहेको स्रोतले जनाएको छ ।

राप्रपामा आवद्ध पशुपति कठायत, श्याम तिमल्सिना, आङनिमा शेर्पा,बिनिता थापा, देवेन्द्र थापा, मिना शाही ठकुरी, क्षितिज तिमिल्सिना, नरबहादुर सिलवाल, नवराज अधिकारी, तेज नारायण कँडेल, कौशल आचार्य, मुकुन्दप्रसाद भण्डारी, सुजन खड्का, गगन थापा, गणेश पराजुली, उमेश आलेमगर, आशाबहादुर घिमिरे, श्याम तिमिल्सिना, हरि थापा, राजु भारती, प्रेमप्रसाद घिमिरे, यमकुमाार मैनाली, हरिप्रसाद दाहाल, दिलबहादुर घिसिङ, धन शिल्पकार, मिना श्रेष्ठ, वीरेन्द्र सेन र साबित्रा क्षेत्री तीनकुनेबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रसाई नेतृत्वको अभियानले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गर्दै र्आएको छ । बिहीबार पनि बल्खुमा युवा संघ नेपाल र प्रहरीसँग प्रसाईं समर्थकको मुडभेड भएको थियो । काठमाडौं प्रशासनले आज एक विज्ञप्ती जारी गर्दै सो स्थानमा प्रदर्शन गर्न अनुमति नदिएको प्रष्ट पारेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);