प्रसाईं नेतृत्वको महाअभियानको समर्थनमा निस्किएकाहरु धमाधम पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

प्रसाईं नेतृत्वको महाअभियानको समर्थनमा निस्किएकाहरु धमाधम पक्राउ

काठमाडौं, ८ मंसिर । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ ।

प्रसाईंले प्रदर्शन स्थल घोषणा गरेको काठमाडौँको तीनकुनेबाट प्रदर्शनकारीलाई पक्राउ गरिएको हो । तीनकुनेबाट पक्राउ पर्नेमा राप्रपामा आवद्ध पशुपति कठायत, श्याम तिमल्सिना र आङनिमा शेर्पासहित छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रदर्शनमा सहभागी हुन तीनकुने आउन लागेका प्रसाईंलाई भक्तपुरस्थित घरमा नै रोकेको छ ।

जिल्ला प्रशासनसँग समन्वय गरेर कार्यक्रम स्थल यकिन गरेपछि मात्र प्रसाईंलाई काठमाडौँमा आउन दिने गरी घरमा निगरानीमा राखिएको भक्तपुर जिल्ला प्रशासनले जनाएको छ । काठमाडौं प्रशासनले भने तीनकुनेमा प्रदर्शन गर्न अनुमति नदिइएको बताइसकेको छ ।

यता, प्रसाईं समूहले भने आन्दोलन नरोकिएको र यो अभियान निरन्तर चल्ने बताएका छन्। शुक्रबारको आन्दोलनमा करिब तीन लाख प्रर्दशनकारी जम्मा भएको प्रसाईं पक्षको दाबी छ । प्रहरी प्रशासनले भने करिब १० हजारको संख्यामा मात्र प्रदर्शनकारी रहेको दाबी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);