टी ट्वान्टी सिरिजको पहिलो खेलमा अष्ट्रेलिया २ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

असार २९ २०८१, शुक्रबार

टी ट्वान्टी सिरिजको पहिलो खेलमा अष्ट्रेलिया २ विकेटले पराजित

एजेन्सी, ८ मंसिर । टी ट्वान्टी सिरिजको पहिलो खेलमा अष्ट्रेलियामाथि भारतले रोमाञ्चक जित हात पारेको छ । भारतको बिसाखापटनममा भएको सिरिजको पहिलो खेलमा भारतले अष्ट्रेलियालाई २ विकेटले हराएको हो । एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलियासँग हारेको भारतले लगत्तै घरेलु मैदानमा टी ट्वान्टी सिरिज खेलेको हो ।

अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय ९ रनको बिशाल लक्ष्य भारतले १ बल बाँकी छँदै पुरा गर्यो । लक्ष्य पछ्याउने क्रममा ओपनरद्धय यशस्वी जयसवाल २१ र ऋतुराज गायकवाड शुन्य रनमा आउट भएपछि दबाबमा आएको भारतको इनिङ्स कप्तान सुर्यकुमार यादव र इशान किशनले सम्हालेका हुन् । कप्तान यादवले ४२ बलमा ८० रनको शानदार इनिङ्स खेले ।

इशानले ३९ बलमा ५८ रनको प्रहार गरे । दुवैले तेस्रो विकेटका लागि ६० बलमा १ सय १२ रनको साझेदारी गरे । रिङ्कु सिंहले अविजित २२ रन बनाए । अष्ट्रेलियाका तनवीर साघाले २ तथा जेसन बहरेनडोर्फ, मेथ्यु सार्ट र शान एबाटले समान एक एक विकेट लिए । सुरुआती ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ओभरमा ३ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो

। जोस इङग्सले १ सय १० रन बनाएको इनिङ्समा स्टेभन स्मिथले ५२ र म्याथ्यु सर्टले १३ रन बनाएका थिए । टिम डेभिड १९ रनमा नटआउट रहे । भारत भ्रमणमा रहेको अष्ट्रेलियाले ५ म्याचको टी ट्वान्टी सिरिज खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);