इजरायल—हमासबीच युद्धविराम गर्ने सम्झौताको पुष्टि | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

इजरायल—हमासबीच युद्धविराम गर्ने सम्झौताको पुष्टि

एजेन्सी,७ मंसिर । इजरायल र हमासले बुधवार गाजामा युद्धविरामका लागि कतारको मध्यस्थता प्रश्तावमा सहमति गरेको पुष्टि गरेका छन् । हमासले बन्धकहरूलाई रिहा गर्ने बदलामा, इजरायली पक्ष प्यालेस्टाइनी बन्दीहरूलाई रिहा गर्न र घेरामा परेको एन्क्लेभमा थप मानवीय सहायताहरू प्रवेश गर्न अनुमति दिन सहमत भएको इजरायली सरकारले एक विज्ञप्तिमा जनाएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयबाट जारी विज्ञप्तिमा इजरायली जेलबाट करिव १५० महिला र किशोर प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नका लागि सम्झौताअनुसार कम्तीमा ५० जना बन्धकहरू रिहा गर्नुपर्ने बताइएको छ । बन्धकहरूलाई चार दिनको अवधिमा सानो समूहहरूमा रिहा गरिनेछ । इजरायलले थप बालबालिकालाई मुक्त गर्न दबाब दिइरहेको छ ।

हमासद्वारा रिहा गरिएका प्रत्येक थप १० जना बन्धकहरूको लागि युद्धविराम थप एक दिन लागि लम्बिनेछ । हमासले घेराबन्दीमा रहेको तटीय इलाकामा ४६ दिनको रक्तपातपूर्ण द्वन्द्वपछि कतारी–इजिप्टियन मध्यस्थतामा बुधवार इजरायलसँग चार दिने युद्धबिराम सम्झौताको पुष्टि गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);