काठमाडौं,७ मंसिर । राजावादी अभियन्ता बताउने मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र,राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज हुने कार्यक्रमको रुट सार्वजनिक गरेको छ ।
जसमा गठ्ठाघर,लोकन्थली,जडीबुटी,कोटेश्वर,ग्वार्को, सातदोबाटो,एकान्तकुना हुँदै बल्खु जाने रुट बनाइएको छ । त्यस्तै, गल्फुटार,सोह्रखुट्टे,ढल्कु,कालीमाटी हुँदै बल्खु जाने रुट बनाइएको छ ।
र्यालीको अग्रस्थानमा धर्मगुरुहरु,ओमकार परिवार रनाथ लगायतलाई राखेर त्यसपछि आम नागरिकहरु पछि लाग्ने जनाइएको छ । जन विरोध प्रदर्शनमा धार्मिक झण्डा र राष्ट्रिय झण्डा बाहेकका अन्य झण्डाहरु प्रयोग गर्न निषेध गरीएको छ ।