काठमाडौं, मंसिर ६ ||
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चीनको अनुभव लिएर नेपालको गरिबी निवारणमा लाग्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको गरिबी निवारणमा चीनको अनुभव महत्वपुर्ण हुने भन्दै बिआरआईबाट दक्षिण एशियाली मुलुकहरुलाई आर्थिक विकास र जनताको जीवनयापनमा सुधार ल्याउन सहयोग पुग्ने बताउनु भयो । उहाँले गरिबी निवारणमा सबै मिलेर काम गरेको अवस्थामा दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्ने उल्लेख गर्दै बिआरआईलाई थप गति दिन आवश्यक रहेको बताउनु भयो । अध्यक्ष तिमिल्सिनाले बिआरआईको कार्यान्वयनमा कमी कमजोरी देखिए सच्याउँदै अघि बढ्नुपर्ने बताउनु भयो । ०००
चीनको अनुभव लिएर नेपालको गरिबी निवारणमा लाग्नुपर्नेः अध्यक्ष तिमिल्सिना
ताजा समाचार
निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान
८ घन्टा अघि




