काठमाडौं,६ मंसिर । आज दिउँसो १५ वटा मुर्रा राँगा नेपाल ल्याइदैछ । भारतबाट बाँकेको नेपालगन्ज रुपैडिया–जमुनाहा नाका हुँदै मुर्रा राँगाहरुलाई नेपाल ल्याउन लागिएको हो । भारतले नेपाललाई दिएको उपहारस्वरुप १५ वटा मुर्रा राँगा आज दिउँसो १ देखि २ बजेसम्ममा उक्त नाकामा आइपुुग्ने बुझिएको छ ।
उन्नत जातका नश्ल सुधारका लागि ल्याउन लागिएका राँगाहरुलाई ट्रकमार्फत नेपाल ल्याउन लागिएको हो । राँगाहरुसँगै भेटेनरी डाक्टरहरु पनि आएका छन् । मुर्रा राँगाहरुलाई एक दिनका लागि नेपालगन्जको पशु होल्डिङ सेन्टरमा राखिने छ । स्वास्थ्य परीक्षण प्रक्रिया पुरा गरेर मात्रै देशका विभिन्न स्थानमा पठाइने बुझिएको छ । नेपाल आइपुगेपछि विभाग मातहतका राष्ट्रि पशु प्रजनन कार्यालय पोखरा, नेपालगन्ज र लहानमा राखिने छ र वीर्य उत्पादन गरिनेछ ।