समृद्ध काठमाडौं निर्माणका लागि यस्ता छन् राजुराज जोशीका दश योजना | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

समृद्ध काठमाडौं निर्माणका लागि यस्ता छन् राजुराज जोशीका दश योजना

नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिको मेयरका उम्मेद्वार राजुराज जोशीले १० बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।

समृद्ध काठमाडौं निर्माणका लागि यस्ता छन् राजुराज जोशीका दश योजना

काठमाडौं   । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिको मेयरका उम्मेद्वार राजुराज जोशीले १० बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।

वैशाख ३१ गते हुने चुनावका लागि घरदैलो कार्यक्रम गरिरहेका जोशीले सोमबार नेता प्रकाशमान सिंहको उपस्थितमा आफ्नो १० बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो ।

काठमाडौंको  मेयर जस्तो पद सम्हाल्नका लागि राजनीतिक रुपमा खारिएको व्यक्ति चाहिने हुँदा कांग्रेसले जोशीलाई अघि सारेको नेता सिंहले दाबी गर्नुभयो । आफूले महानगर जितेको भोलिपल्टैदेखि धुलोधुवाँ हटाउने, मेट्रो, मोनो रेल निर्माणमा विशेष ध्यान दिने उल्लेख गर्नुभयो ।

के के छन् जोशीका योजना ?

  • १. विकासमा जनताको सहभागीता
  • २. आधुनिक भौतिक पूर्वाधार, महानगरको आधार
  • ३. वातावरण संरक्षणको लागि प्रदूषण नियन्त्रण
  • ४. यातायात तथा सडक व्यवस्थापन
  • ५. पार्क तथा हरित क्षेत्र निर्माण
  • ६. फोहोरमैला व्यवस्थापन
  • ७. विपद् व्यवस्थापन
  • ८. हाइटेक सिटी
  • ९. आर्थिक संवृद्धि, महानगरबासीको जीवनस्तर वृद्धि
  • १०. संस्कृति तथा पर्यटन

Leave a Reply