दुर्गा प्रसाईका समर्थकलाई मध्यरातमा युवासंघका कार्यकर्ताले काठमाडौंबाट लखेटे (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

दुर्गा प्रसाईका समर्थकलाई मध्यरातमा युवासंघका कार्यकर्ताले काठमाडौंबाट लखेटे (भिडियोसहित)

काठमाडौं,६ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र,राष्ट्रियता,धर्म,सस्कृति र नागरिक बचाऊ महाअभियान’ले आह्वान गरेको जन प्रदर्शनमा देशका विभिन्न स्थानबाट काठमाडौं आइपुगेका सर्वसाधारणलाई नेकपा एमाले निकट युवा संघका कार्यकर्ताले मध्यरातमा लखेटेका छन् ।

महाअभियानले मंसिर ७ गते (भोलि) काठमाडौंको बल्खुमा प्रदर्शन गर्दैछ । मंगलबार राति चाबहिलको एक पार्टी प्यालेसमा सुतिरहेका महिलाहरुको समुहलाई युवा संघका कार्यकर्ता बताउँदै उनीहरुलाई घर जान बाध्य बनाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा उनीहरुले दुर्गा प्रसाईलाई ‘पागल’को संज्ञा दिदैं अमानविय तरिकाले घर फर्कन थर्काइरहेका छन् । भिडियोमा अधिकांश महिलाहरु देखिन्छ । गाउँबाट काठमाडौं आउँदा ल्याएका जेब्रा झोला पनि बोकेर महिलाहरुले ‘हामी जान्छौ’ भनिरहेका छन् । त्यसैबिचमा एक महिलाले के मा जाने सोधिरहेकी छिन् त्यसको जवाफमा युवा संघका कार्यकर्ताले प्रसाईलाई सोध्न आग्रह गरेका छन् ।

सर्वसाधारणहरुले आफुहरुको घर इटहरी बताइरहेका छन् । एक महिलाले भनेकी छिन,‘हामी तपाईहरुको पनि चेली हौं जान्छौं ।’ युवा संघका एक कार्यकर्ताले भनिरहेका छन्,‘देखाइदिन्छौ भन्दै आएको होइन त अब देखाइदिन्छौ,हेलो दिदी तपाईहरु गईहाल्नोस् त छिटो, तपाईहरु दुर्गाको आन्दोलनमा आउनु भएको होइन त खुरुक्क गईहाल्नु है, तपाईहरुलाई कसले बोलायो उस्लाई भन्नुस गाडीको व्यवस्था । प्रसाईको आन्दोलनमा आउनुभएको होइन त ? छिटो गइहाल्नुस दुर्गा प्रसाई पागललाई फोन गरिहाल्नुस त युवा संघले लखेट्यो भनेर ।’ सोही क्रममा एक महिलाले के मा जानी भनेर पनि सोधेकी छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);