६० बढी गाजा बिरामी उपचारका लागि टर्की पुगे | ईमाउण्टेन समाचार

Our Network

असार २८ २०८१, बिहीबार

६० बढी गाजा बिरामी उपचारका लागि टर्की पुगे

काठमाडौं, ५ मंसिर । गाजा पट्टीका ६१ जना बिरामीउपचारका लागि टर्की पुगेका छन् । ४९ जना आफन्तसहित सोमवार टर्कीको राजधानी अंकारामा उपचारका लागि उनीहरु पुगेको टर्कीका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले बताउनु भयो ।

समूहलाई मन्त्रीले अंकाराको सैन्य विमानस्थलमा स्वागत गर्नुभएको थियो । उनीहरूलाई बिल्केन्ट र एट्लिक अस्पतालमा लगिएको छ । पत्रकारहरूसँग कुरा गर्दै कोकाले गत हप्ता २७ गाजाका बिरामीहरूलाई अंकारामा ल्याएको बताउनु भयो । ६१ जनाको आगमनसँगै टर्किमा ल्याइएका गाजान बिरामीहरूको कुल संख्या ८८ पुगेको छ ।

यसैबीच, टर्कीका विदेशमन्त्री हकान फिदानले सोमवार गाजाबाट आफ्ना नागरिकहरूलाई बाहिर निकाल्न टर्किको प्रयास जारी रहेको बताउनु भयो । उहाँले आफ्ना १ सय ७० नागरिक र उनीहरूका आफन्तहरूलाई गाजाबाट बाहिर निस्कनका लागि सुरक्षित गरिसकेको बताउनु भयो । टर्की सरकारले गाजामा रहेका कुल ९८३ टर्की नागरिकको उद्धारका लागि सक्रिय रूपमा काम गरिरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);