काठमाडौं, ५ मंसिर । माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा एक दम्पत्तिको निधन भएको छ ।
पोखरा महानगरपालिका–२९ पटेनी डेरा गरी बस्दै आएका भीमलाल सुनार र सावित्री सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई सोमबार अपरान्ह्र ४ बजे पटनेरीस्थित कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेको थियो ।
करेन्ट लागेपछि उद्धार गरी अस्पताल पुराइए पनि चिकित्सकको टोलीले मृत घोषणा गरेका थिए ।