दाङमा एकै घरका साहिला र कान्छा भाई मृत फेला | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८१, बिहीबार

दाङमा एकै घरका साहिला र कान्छा भाई मृत फेला

death body

काठमाडौं, ५ मंसिर । दाङमा एकैघरका दाजुभाई मृत अवस्थामा भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भई तुलसीपुरकै गाइडहरमा भाडामा बस्दै आएका दाजु पुर्णबहादुर बस्नेत र उनका भाई टेकबहादुर मृत अवस्थामा घर भित्र भेटिएको प्रहरीले जनाएको छ । ती परिवारका साहिला छोरा ३४ वर्षीय पुर्ण र कान्छा ३० वर्षीय टेक मात्र घरमा थिए ।

उनीहरु बसेको घरमा घरधनी पनि बस्ने थिएनन् । टेकको श्रीमती माइती रुकुम पश्चिम गएकी थिइन् । परिवार नआइपुुगेकोले अझै कोठाबाट शव बाहिर निकालिएको छैन् । आज शव निकालेर परीक्षण गरेपछि घटनाको विस्तृत विवरण आउने प्रहरीले जनाएको छ । उनीहरु एउटै कोठाको २ वटा खाटमा मृत फेला परेका हुन् ।

शव गन्हाइसकेको छ भने केही दिन अघि नै उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । उनीहरुको एक दाजुपनि केही वर्ष अघि झुण्डिएर आत्महत्या गरेको बुझिएको छ । दाजुुभाईको मुत्यु कसरी भयो कारण भने खुल्ला सकेको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);