इजरायलद्वारा नाबातीहमा सन् २००६ को युद्धपछि पहिलो पटक आक्रमण | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

इजरायलद्वारा नाबातीहमा सन् २००६ को युद्धपछि पहिलो पटक आक्रमण

एजेन्सी, ४ मंसिर । इजरायलले लेबनानको दक्षिणी शहर नाबातीहमा सन् २००६ को युद्धपछि पहिलो पटक आक्रमण गरेको छ । लेबनानमा जुलाई २००६ को इजरायली युद्धपछि पहिलो पटक इजरायली ड्रोनले लेबनानको दक्षिणी शहर नाबातीहमा आक्रमण गरेको लेबनानी सैन्य स्रोतले बताएको हो ।

ड्रोनले टुल र कफोर बीचको सडकमा रहेको स्थानीय एल्युमिनियम कारखानामा दुईवटा मिसाइल प्रहार गरेको थियो । कारखानाको केही भाग ध्वस्त भएपनि कुनै चोटपटक मानवीय क्षति नभएको बताइएको छ ।

नाम नखुलाउने शर्तमा श्रोतले इजरायली युद्धक विमान, हेलिकप्टर र ड्रोनले दक्षिणी गाउँ ब्लिडा, ऐतारोन, ऐता अल–शाब, माजदेल जुन र नाकुरामा १० वटा हवाई आक्रमण गरेको र भौतिक क्षति भएको पनि संकेत गरेका छन् । हिजबुल्लाहले अक्टोबर ८ मा इजरायलमा हमासको आक्रमणको समर्थनमा शेबा फार्ममा दर्जनौं रकेट प्रहार गरेपछि लेबनान–इजरायल सीमामा ६ हप्तादेखि तनाव बढेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);