महेश बस्नेत र दुर्गा प्रसाईंले ७ मंसिरका लागि तोकेको कार्यक्रम गर्न पाउलान त ! | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

महेश बस्नेत र दुर्गा प्रसाईंले ७ मंसिरका लागि तोकेको कार्यक्रम गर्न पाउलान त !

काठमाडौं,४ मंसिर । युवा संघ र दुर्गा प्रसाईंले ७ मंसिरका लागि तोकेको कार्यक्रम एकैठाउँमा गर्न प्रशासनले नदिने भएको छ । दुवै पक्षले ७ मंसिरमा बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलबाट शक्ति प्रदर्शन गर्ने निर्णय गरेका थिए ।

तर, शान्ति सुरक्षाको अवस्था मध्यनजर गरेर दुवै पक्षलाई एकैठाउँमा कार्यक्रम गर्न नदिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । युवा संघ र दुर्गा प्रसाईं पक्ष आमनेसामने हुँदा सिर्जना हुनसक्ने सम्भावित परिस्थितिबारे गृह मन्त्रालयमा आइतबार छलफल भएको छ ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहितको बैठक गृहसचिव दिनेश भट्टराईले बोलाउनुभएको हो । स्रोतका अनुसार, झण्डै तीन घन्टासम्म चलेको बैठकमा सीडीओ र सुरक्षा अधिकारीहरुले माइतीघर मण्डललाई निषेधित क्षेत्र तोक्नुपर्ने राय दिएका थिए । उग्र भिड माइतीघर मण्डल पुगेर तनावको स्थिति सिर्जना भए परिस्थिति नियन्त्रणबाहिर जानसक्ने भन्दै माइतीघर मण्डललाई निषेधित क्षेत्र तोक्न उनीहरुले सुझाव दिएका हुन् । माइतीघरमा दुवै पक्षलाई गर्न दिनै हुँदैन भन्नेमा सबैको एकमत रहेको छलफलमा सहभागी एक अधिकारीले जानकारी दिए ।

सुरक्षा चुनौतीको कारण खुलाएर स्थानीय प्रशासन ऐन, २०२८ अनुसार निश्चित समयका लागि निषेधित क्षेत्र तोक्न सकिने अधिकारीहरुले बताएका छन् । बैठकमा वैकल्पिक स्थानमा कार्यक्रम गर्न आग्रह गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);