भ्रष्टाचार माओवादी नेतृत्वको सरकारले मात्र नियन्त्रण गर्न सक्छ भन्ने तथ्य स्थापित भएको प्रधानमन्त्री प्रचण्डको दाबी | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

भ्रष्टाचार माओवादी नेतृत्वको सरकारले मात्र नियन्त्रण गर्न सक्छ भन्ने तथ्य स्थापित भएको प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितमा निरन्तर अभियान सुरु गरिएको बताउनुभएको छ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रुपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वकोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भ्रस्टाचारको अन्त्यका लागि सरकारले सार्थक र योजनाबद्ध अभियान चलाएको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भूमाफियाकोविरुद्ध अभियान सुरु गरेर हजारौँ जनतालाई राहत प्रदान गरिएको उल्लेख गर्दै त्यसका लागि आम जनताको सहयोग जरुरी रहेको बताउनुभयो । भ्रष्टाचार र तस्करी नियन्त्रणजस्ता देश विरोधी गतिविधिलाई माओवादी नेतृत्वको सरकारले मात्र नियन्त्रण गर्न सक्छ भन्ने तथ्य स्थापित भएकोसमेत प्रधानमन्त्री प्रचण्डको दाबी छ । उहाँले तराई–मधेशमा सामन्तवादको अवशेषका रुपमा रहेको मिटरब्याजी विरुद्धमा कानुन बनाएर कारबाही गरी पीडित नागरिकलाई न्याय दिलाएको उल्लेख गर्नुभयो । नेपाल र भारतबीचमा रहेको सीमा समस्या समाधान गर्न भारतका प्रधानमन्त्रीसँग कुराकानी भएको समेत प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो ।

विद्युत् व्यापारमा नयाँ पहल भएको तथा नेपाल र चीनबीच विभिन्न नाका खोल्ने सहमति भएको उहाँको भनाइ छ । पटकपटक पार्टी विभाजन हुँदा कार्यकर्ता र सहिद तथा घाइते परिवारमा निराश छाएको भन्दै प्रधानमन्त्री प्रचण्डले माओवादी फुटेपछि जनयुद्धमार्फत प्राप्त उपलब्धि हराउँदो रहेछ भन्ने परेकले एकताको विकल्प नभएको प्रष्ट पार्नुभयो । एकताका लागि नेत्रविक्रम चन्दसँग आइतबार बिहान मात्रै छलफल भएको जानकारी दिनुहुँदै उहाँले डा बाबुराम भट्ट्राईसँग पनि निरन्तर संवाद गरिरहेको बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);