काठमाडौं,३ मंसिर । भारत र अस्ट्रेलियाबीचको विश्वकप २०२३ को फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भइरहेको छ । अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् ।
पहिले ब्याटिङ गरेको भारतीय टोलीले ६ ओभरमा एक विकेट गुमाएर ४० रन बनाएको थियो । कप्तान रोहित शर्मा र विराट कोहली क्रिजमा छन् ।
ओपनर शुभमन गिल ४ रन बनाएर आउट भए । उनलाई मिचेल स्टार्कले एडम जाम्पाको हातमा कैच आउट गरेका थिए । स्टार्कले गिललाई तेस्रो पटक आउट गरेका छन् ।
लक्ष्य पछ्याउने टोलीले अन्तिम ३ फाइनल जित्यो, टस जितेको टोलीले हारेको थियो।
फाइनलअघि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको यस प्रतियोगितामा ४ खेल खेलिएको थियो । पछि ब्याटिङ गरेको टोलीले ३ जित निकालेको छ ।
भारतीय कप्तान रोहित शर्माले टस जितेको भए पहिले ब्याटिङ गर्ने निर्णय गर्ने बताएका छन् । अर्थात् दुवै कप्तानको इच्छा पूरा भयो । यस प्रतियोगितामा रोहितले ६ पटक टस जितेर तीन पटक ब्याटिङ र तीन पटक बलिङ गर्ने निर्णय गरेका थिए। भारतले हरेक खेल जितेको छ ।
सन् २०११ देखि फाइनलमा लक्ष्य पछ्याउने टोलीले लगातार तीन पटक उपाधि जितेको छ । तर, तीनवटै अवसरमा टस जितेको टोली हारेको छ ।