काठमाडौं,३ मंसिर । प्युठानमा केही दिन देखि हराइरहेका आमा छोराको शव फेला परेको छ । २२ वर्षीया एक महिला र उनका ३ वर्षीय छोरा एक दिनको फरकमा मृत फेला परेका हुन् ।
नौबिहानी गाउँपालिका–३ खवांग काइयामा आमा रिमा बुढामगर र छोरा मुस्कान शनिबार मृत फेला परेका हुन् । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
मृतकका श्रीमान घरमै रहेको पनि बुझिएको छ । आमा छोराको मृत्यु स्वभाविक हो वा होइन त्यसबारे अनुसन्धान पछि नै थाहा हुनेछ ।