इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ५ गतेदेखि | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

काठमाडौं, १ कात्तिक । इन्टरनेशनल फेडेरेशन अफ एशियन एण्ड वेस्ट्रन प्यासिफिक कन्ट्याक्टरको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ५ गतेदेखि हुने भएको छ । एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्का (इन्टरनेशनल फेडेरेशन अफ एशियन एण्ड वेस्ट्रन प्यासिफिक कन्ट्याक्टर) को ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ५ गतेदेखि हुने भएको हो ।

शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । महासंघले सम्मेलन मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा हुने जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै महासचिव रोशन दाहालले ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन पार्टनरिङ इन सस्टेनेबल इन्फास्ट्रक्चर भन्ने रहेको बताउनु भयो । उहाँले सम्मेलनको औपचारिक उद्घाटन मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने बताउनु भयो । सम्मेलनमा स्वदेशका १ सय ५८ र विदेशका २ सय ४२ गरी ४ सय प्रतिनिधि सहभागी हुने बताउनु भयो । उहाँले पर्यवेक्षकको रुपमा पनि केही प्रतिनिधि सम्मेलनमा सहभागी हुने महासंघले जनाएको छ ।

महासचिव दाहालले सम्मेलबाटै इफाप्का अध्यक्षको कार्यभार अध्यक्ष सिंहले सिंगापुरलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताउनु भयो । नेपाल निर्माण व्यवसायी महासंघले इफाप्को सम्मेलन यो दोस्रो पटक सञ्चालन गर्न लागेको हो । यसअघि निर्माण व्यवसायी गणेशलाल श्रेष्ठ इफाप्काको अध्यक्ष रहँदा सम्मेलन सञ्चालन गरिएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);