राफेल नाडाल अन्तिम १६ मा | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८१, बुधवार

राफेल नाडाल अन्तिम १६ मा

मेलबर्न, ६ माघ । उत्कृष्ट लयमा देखिएका राफेल नाडालले शुक्रबार अस्ट्रेलियन ओपनको अन्तिम १६ मा स्थान पक्का गर्दा मेलबर्नको गर्मीमा ग्रिगोर दिमित्रोभ र एलिना स्भितोलिनाले ग्रान्ड स्लाम जित्ने आशा कायम राखेका छन्।

विश्व नम्बर एक नाडालले मार्गरेट कोर्ट एरिनामा २८औं वरीयताका दमिर डिजुमहुरमाथि सहज विजय हासिल गर्ने क्रममा ६–१, ६–३, ६–१ को सेटमा हराए। नाडालले अब क्वार्टरफाइनल प्रवेशका लागि २४औं वरीयताका डिएगो स्चवर्टम्यानसँग खेल्नेछन्।

‘म एकदमै धेरै खेलमा केन्द्रित छु,’ स्पेनका नाडालले थपे, ‘आइतबारका लागि अर्को मौका पाउँदा म एकदमै खुसी छु।’
स्चवर्टम्यानले युक्रेनका एलेजेन्डर डोल्गोपोलोभलाई ६–७(१÷७), ६–२, ६–३, ६–३ को सेटमा हराएका थिए।

सेमिफाइनलमा नाडालसँग भेट हुने सम्भावना बनाएका तेस्रो वरीयताप्राप्त दिमित्रोभले रसियाका एन्डे« रुबलेभलाई ६–३, ४–६, ६–४, ६–४ को सेटमा हराए । दिमित्रोभले क्वार्टरफाइनल प्रवेशका लागि अस्ट्रेलियाका निक केर्गिओससँग प्रतिस्पर्धा गर्नेछन् । केर्गिओसले फ्रान्सका जो–विलफ्रिड सोङ्गामाथि ७–६(७÷५), ४–६, ७–६(८÷६), ७६(७÷५)को संघर्षपूर्ण जित निकालेका थिए।

महिलातर्फ चौथो वरीयताप्राप्त युक्रेनकी स्भितोलिनाले आफ्नै देशकी युवा प्रतिभा मार्टा कोस्तयकलाई ६–२, ६–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाइन् । मार्टिना हिंगिस (१९९६) पछि मेलबर्न पार्कमा तेस्रो चरण खेल्ने कोस्तयक सबैभन्दा युवा खेलाडी हुन् । स्भितोलिनाले अब चेक गणतन्त्रकी देनिसा अलेर्टोभासँग प्रतिस्पर्धा गर्नेछिन् । अलेर्टोभाले पोल्यान्डकी माग्दा लिनेट्टेलाई ६–१, ६–४ को सेटमा पराजित गरेकी थिइन्।

दोस्रो वरीयताप्राप्त क्यारोलिन वाज्नियाकीले नेदरल्यान्डकी किकी बर्टेन्सलाई ६–४, ६–३ को सेटमा हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेकी छिन् । डेनमार्ककी वाज्नियाकीले अब स्लोभाकियाकी माग्दालेना रेवारिकोभासँग प्रतिस्पर्धा गर्नेछिन् । १९औं वरीयताकी रेवारिकोभाले युक्रेनकी क्यातरेना बोन्डरेन्कोलाई ७–५, ३–६, ६–१ को सेटमा पराजित गरेकी थिइन्।

बेल्जियमकी एलिज मार्टिन्सले फ्रान्सकी एलिज कोर्नेटलाई ७–५, ७–४ को सेटमा हराउँदै अन्तिम १६ मा पराजित गरिन् । मार्टिन्सले अब क्रोएसियाकी पेत्रा मार्टिचसँग प्रतिस्पर्धा गर्नेछिन् । मार्टिचले थाइल्यान्डकी लुक्सिका कुमखुमलाई ६–३, ३–६, ७–५ को सेटमा हराएकी थिइन्।

सातौं वरीयताकी जेलिना ओस्टापेन्को ३२औं वरीयताकी एनेट कोन्टाभेइटसँग पराजित भइन् । लात्भियाकी २० वर्षीया ओस्टापेन्को इस्टोनियाकी कोन्टाभेइटसँग ३–६, ६–१, ३–६ को सेटमा पराजित भएकी थिइन् । कोन्टाभेइटले अब स्पेनकी कार्ला स्वारेजसँग प्रतिस्पर्धा गर्नेछिन् । स्वारेजले इस्टोनियाकी काइका कानेपीलाई ३–६, ६–१, ६–३ को सेटमा हराएकी थिइन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);