धनसम्पत्तिको लोभमा मामाकै छोराले गरेको मुगु हत्याकाण्ड | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८१, मंगलबार

धनसम्पत्तिको लोभमा मामाकै छोराले गरेको मुगु हत्याकाण्ड

काठमाडौं, २४ कात्तिक । मुगुको छायाँनाथ रारा नगरपालिका–५ मुन्दु गाउँमा आमासहित ३ सन्तानको सामूहिक हत्यामा सम्लग्न २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । गोपाल बोहरा र बाँके कोहलपुरका गोरखबहादुर शाही पक्राउ परेका छन् । गोपाल श्रीदेवीको आफ्नै मामाको छोरा हुन् । गोरखबहादुर पनि उनकै नातेदार हुन् । गोपाल घटनाका मुख्य योजनाकार हुन् । उनकै योजनामा धनसम्पत्तिको लोभमा परिवारै सखाप पारेका थिए ।

श्रीदेवीका श्रीमान कतार बस्थे उनको राम्रै कमाइ थियो । उनले महिनाको लगभग डेढ लाख कमाउने गर्दथे । श्रीमान विदेश भएकाले उनको घरमा धेरै ठुलो धन सम्पत्ति रहेको उनीहरुलाई अनुमान थियो । सोही लोभले परिवारकै हत्या गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले श्रीदेवीको परिवारको हत्याको योजना जेठमै गरेका थिए । तर योजना बनाएपनि त्यसबेला हत्या र लुटपाट केही गरेनन् । पछि उनीहरु भेटेर दशैपछि हत्या गर्ने योजना बनाए । हत्यापछि श्रीदेवीको मोबाइल र कानका गहना गोरखबहादुरले लिए । श्रीदेवीले अन्दाजी २ तोलाको सुन लगाएकी थिइन् । घटना बाहिरिँदासमेत गोरखबहादुर त्यही थिए । अर्का भने भागे । श्रीदेवीको फोन उनकै साथमा थियो र उनैले कतारमा रहेका श्रीदेवीका श्रीमान दिपकलाई घटनास्थलका सबै तस्बिरहरुसमेत पठाएका थिए । दीपक अहिले मानसिक रुपमा विक्षिप्त छन् ।

प्रहरीले २ अभियुक्तविरुद्ध जिल्ला अदालत मुुगुुबाट कर्तव्यज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ । शुक्रबार बिहान मुन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, सात वर्षीया छोरी अप्सरा र एक वर्षीय छोरा रहर घरमै मृत भेटिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);