विश्वकप २०२३ः सेमिफाइनलमा भारत र न्युजिल्याण्डबीचको भिडन्त लगभग निश्चित | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८१, शनिबार

विश्वकप २०२३ः सेमिफाइनलमा भारत र न्युजिल्याण्डबीचको भिडन्त लगभग निश्चित

एजेन्सी, २४ कात्तिक । बैंगलोरको चिन्नास्वामी स्टेडियममा बिहीबार भएको अन्तिम लिग खेलमा न्युजिल्यान्डले श्रीलंकालाई पाँच विकेटले पराजित गर्दै सेमिफाइनलको आफ्नो दाबी बलियो बनाएको छ ।

न्यूजिल्याण्डको जितसँगै अफगानिस्तान अन्तिम चारको दौडबाट बाहिरिएको छ भने पाकिस्तानका लागि पनि सेमिफाइनलको ढोका झन्डै बन्द भएको छ ।

पाकिस्तानले फाइनलमा इङ्ल्यान्डसँग खेल्नुपर्नेछ र कुनै चमत्कारले मात्रै अन्तिम चारमा पुग्न सक्छ। पाकिस्तानले पहिले ब्याटिङ गरेर ३०० रन बनाएमा इङ्ल्यान्डलाई १३ रनमा अलआउट गर्नुपर्नेछ, जुन असम्भव देखिन्छ।

यस्तो अवस्थामा नोभेम्बर १५ मा किवी टोलीले सेमिफाइनलमा भारतसँग खेल्ने लगभग निश्चित छ । यो खेल मुम्बईको वानखेडे स्टेडियममा हुनेछ । बिहीबार भएको खेलमा न्यूजिल्याण्डले श्रीलंकालाई १७१ रनमा अलआउट गरेको हो । यसपछि १७२ रनको लक्ष्य पछ्याएको किवी टोलीले २३ दशमलव २ ओभरमा पाँच विकेट गुमाएर जित दर्ता गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);