यस्ता छन् मन्त्रीपरिषद बैठकको निर्णयहरु | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ९ २०८१, शुक्रबार

यस्ता छन् मन्त्रीपरिषद बैठकको निर्णयहरु

mantriparisad office

काठमाडौंं, २३ कार्तिक ||
सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको तलव जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई दिने निर्णय गरेको छ । बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने निर्णय गरेको बताउनु भयो । मन्त्री शर्माले नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणमार्फत कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन अघि बढाउने पनि बताउनु भयो । सरकारले विराटनगर, मुलपानी र भरतपुर क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरव आयोजनाको रुपमा अघि बढाउन व्यवस्था मिलाउने निर्णय गरेको छ । त्यस्तै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । सरकारले पोर्चुगलमा नेपाली राजदुतावास स्थापना गरी शनिल नेपाललाई राजदूत नियुक्त गरेको छ । बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत पनि गरेको छ । मन्त्री शर्माले मन्त्रिपरिषद विधेयक समितिबाट पेश भएको राष्ट्रिय व्यवसायिक तथा सिप विकास तालिम प्रतिष्ठान (गठन तथा सञ्चालन) आदेश, पनि स्वीकृत गरेको जानकारी दिनुभयो । ००००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);