माटोका भाँडा बनाउने पेशा संकटमा, पाला बनाउन प्रजापती समुदायलाई भ्याइनभ्याइ | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

माटोका भाँडा बनाउने पेशा संकटमा, पाला बनाउन प्रजापती समुदायलाई भ्याइनभ्याइ

काठमाडौं, २३ कात्तिक । तिहार लागेसँगै भक्तपुरमा माटोको पाला बनाउन प्रजापती समुदायलाई भ्याइनभ्याइ छ । दशैँ सकिएसँगै तिहारको समय आएपछि भक्तपुरका प्रजापती समुदायलाई माटाका पाला तथा भाँडा बनाउन भ्याइनभ्याइ भएको हो ।

उनीहरुले यो वर्षको तिहारमा माटामा पाला लगायतका भाँडाहरु मागअनुसार बनाउन नसकेको बताए । अन्य समयमा भन्दा तिहारको समयमा धेरै माग हुने गरेको व्यवसायीहरु बताउँछन् । भक्तपुर नगरपालिका–४ का गणेशकुमार प्रजापतीले बजारमा प्लास्टिकका दियोहरु आएकाले माटोका पालाहरुको माग कम भएको बताउनु भयो । व्यवसायी प्रजापतीले माटोको पाला बनाउनसके बजारमा माग धेरै रहेको बताउनु भयो । उहाँले प्लास्टिकका दियोहरु बजारमा आएकाले माटोका पाला व्यवासायमा समस्या भने आएको बताउनु भयो । उहाँले माटो अभावका कारण पाला बनाउन समस्या भएको बताउनु भयो । उहाँले विगतमा माटो किन्नु नपर्ने भएपनि अहिले माटो समेत किन्नुपर्ने अवस्था रहेको बताउनु भयो । प्रजापतीले माटो किन्नुपर्ने भएकाले पाला लगायतका माटोका भाँडा बनाउने पेशा संकटमा परेको बताउनु भयो । उहाँले पाला मात्र नभएर माटोका भाँडा बनाउँदा विशेषगरी माटोको समस्या तथा माटोका भाँडाहरु पोल्न स्थानको अभाव रहेको दुःखेसो गर्नुभयो । उहाँले माटोको पाला ठूलो भारहरु बनाउन नजान्नेहरुले १२ महिना बनाउने तर धेरैले दशैँ सकिने बित्तिकै बनाउन शुरु गर्ने गरेको बताउनु भयो ।

भक्तपुरका प्रजापती समुदायले बनाएको माटोको पाला उपत्यका तथा बाहिर निकै परिचित छ । मौलिक परिचयका कारण उपत्यका बाहिर सिन्धुपाल्चोक, पोखरा, काभ्रे, धरान लगायत विभिन्न जिल्लाबाट समेत भक्तपुरसम्म पाला किन्न आउने गरेका छन् । माटोको पाला लक्ष्मी पूजाको दिन धेरै प्रयोग हुने गर्छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);