आइसिसी विश्वकप क्रिकेटमा बंगलादेशसँग श्रीलंका पराजित | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८१, बिहीबार

आइसिसी विश्वकप क्रिकेटमा बंगलादेशसँग श्रीलंका पराजित

काठमाडौं, २१ कात्तिक । आइसिसी विश्वकप क्रिकेटमा बंगलादेशसँग ३ विकेटले पराजित भएसँगै श्रीलंकाको सेमिफाइनलमा पुग्ने झिनो संभावना पनि समाप्त भएको छ । जितको लागि २ सय ८० रनको लक्ष्य पछ्याएको बंगलादेशले ४१ दशमलव १ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेपछि श्रीलंका विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएको हो । बंगलादेशको जितमा नाज्मुल हसन सान्टोले ९० ,सकिब अल हसनले ८२ , लिटन दासले २३ र महमुदूल्लाह रियादले २२ रन बनाए । श्रीलंकाका दिलशान मदुशानकाले तीन तथा महेश थिक्सेना र एन्जिलो म्याथ्युजले समान दुई विकेट लिए ।

भारतको दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका ४९ दशमलव .३ ओभरमा २ सय ७९ रनमा अल आउट भयो । श्रीलंकाका चरिथ असलंकाले १ सय ८ रनको शतकीय इनिङ खेले । ओपनर पाथुम निसंकाले ४१ र कुशल मेन्डिसले १९, सदिरा समाराविक्रले ४१ रन बनाए । उनी आउट भएपछि हेल्मेट समस्याको कारण तयार हुन दुई मिनेट समय भन्दा बढी लगाएपछि एन्जिलो म्याथ्युज क्रिकेट इतिहासमा टाइम आउट हुने पहिलो खेलाडी भए । धनन्जय डि सिल्भा ३४, र महेश थिक्सेना २२ रनमा आउट भए । बंगलादेशका तान्जिम हसन सकिबले ३ तथा सकिब अल हसन र शोरिफुल इस्लामले २÷२ विकेट लिए ।

८ खेलपछि बंगलादेश र श्रीलंकाले ४–४ अंक बटुलेका छन् । बंगलादेश सातौं र श्रीलंका ८ औं स्थानमा छन्् । नेदरल्यान्ड्स ७ खेलमा ४ अंकका साथ नवौं स्थानमा छ । इंग्ल्यान्ड ७ खेलमा २ अंकका साथ पुछारमा रहँदै बाहिरिएको छ । ८ खेलमा भारत १६ अंकका भारत पहिलो र दक्षिण अफ्रिका १२ अंकका साथ दोस्रो स्थानमा छन् । भारत र दक्षिण अफ्रिका भने सेमिफाइनलमा पुगि सकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);