पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८१, शनिबार

पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौं, २१ कात्तिक । पाटन अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आकस्मिकबाहेकका सेवा बन्द गरेका छन् । गलत औषधीको कारण बिरामीको मृत्युभएको भन्दै आफन्तले हातपात गरेको चिकित्सकहरुको दाबी छ । हातपात गर्नेलाई पक्राउ नगरेसम्म आकस्मिक बाहेकका सेवा बन्द गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

गत शनिबार दुई बिरामीको मृत्युपछि औषधी परीक्षणको लागि पठाइएको छ । सुईको माध्यमबाट औषधी दिएको केही बेरमै दुई जना एउटै वार्डमा भर्ना भएका बिरामीको मृत्यु भएको हो । अस्पताल भर्ना भएका बिरामीहरुलाई ड्युटीमा भएका नर्सहरुले सुईमार्फत एन्टिबायोटिक औषधी चलाएका थिए । त्यसको ५ मिनेटमै बिरामीको मृत्यु भएको थियो ।

ओखलढुंगाका ९० वर्षीय जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुुर नगरकोटीको मृत्यु भएको हो । मृतकका आफन्तले भने गलत औषधीका कारण मृत्यु भएको आरोप लगाइरहेका छन् । राईको निमोनियाको उपचार हुँदै थियो भने नगरकोटीको निमोनियासँगै कलेजोको पनि समस्या देखिएको अस्पतालले जनाएको छ ।

उनीहरुको उपचारमा सम्लग्न चिकित्सकको अनुसार दुवैजनालाई सेफ्ट्रियाक्सोन र रगत पातलो गर्ने औषधी चलाइएको थियो । राईको शव अस्पतालबाट आफन्तले घर लगेका छन् भने नगरकोटीको शव पोस्टमार्टम गर्न अस्पतालमै राखिएको छ । दुवै बिरामी एउटै वार्डमा भर्ना भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);