काठमाडौँ, २१ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै छन्।
गत शुक्रवार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरूको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज बिहान त्यस क्षेत्रमा जान लागेका हुन् ।
भूकम्पपछि मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक बाहिर जानू उपयुक्त नभएकोले राष्ट्रपति पौडेलले सोमबार २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए ।