पुतली बाजेको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि म्युजियममा राखियो | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

पुतली बाजेको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि म्युजियममा राखियो

काठमाडौं, २० कात्तिक । कलिन फिलिप स्मिथ (पुतली बाजे) को पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । सोमवार उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अन्नपूर्ण नेचुरल हिस्टोरी म्युजियममा राखिएको हो ।

जन्मले बेलायती नागरिक भए पनि नेपालमा बसेर पुतलीको अध्ययन, संकलन र संरक्षणमा योगदान गरेका कलिन फिलिप स्मिथ अर्थात् ‘पुतली बाजे’ को ८७ वर्षको उमेरमा निधन भएको थियो । उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको र पोखरा महानगरपालिका उनको सम्मानका लागि अन्तिम श्रद्धाञ्जलीका लागि संग्रहालयमा राखिएको महानगर प्रमुख आचार्यले बताउनु भयो । उहाँले उहाँ आफ्नो मिसनमा भएको र वातावरण, पर्यावरण र पुतलीको अध्ययन र विश्लेषण गर्ने काममा उहाँ लागेको स्मरण गर्नुभयो । उहाँले काठमाडौं र पोखरामा एक गरी तीन वटा पुतली संग्रहालय बन्नुमा उहाँको ठूलो योगदान रहेको बताउनु भयो ।

उहाँका योगदानलाई चिरस्थायी बनाउनु महानगरपालिकाको कर्तव्य भएको बताउनु भयो । पोखरास्थित हरियोखर्क अस्पतालमा उपचारका क्रममा शनिवार उनको निधन भएको थियो । नेपालमा पाइने पुतली अभिलेखीकरण गर्नेमा उनको नाम पहिलो नम्बरमा आउँछ । उनले पुतलीको खोजीमा ५० वर्ष बिताएका थिए । २०२२ मा बेलायतबाट युनाइटेड मिसन टु नेपालमार्फत पढाउन नेपाल आएका थिए । २०२३ मा हालको पृथ्वीनारायण क्याम्पस परिसरमा अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियममा त्रिभुवन विश्वविद्यालयसँग ६ वर्षे सम्झौता गरेर ४० जिल्लाको भ्रमण गरी करिव २५ हजार पुतली संग्रह गरेका थिए । विश्वमा पाइने १७ हजार ५ सय प्रजातिका पुतलीमध्ये नेपालमा ६६० प्रजातिका भेटिएका छन् ।

३० वर्षको उमेरमा नेपाल आएका पुतली बाजे त्यसपछिका ५८ वर्षसम्म पोखरामा रहे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);