मोरक्कोले दोस्रो शताब्दीको पुरानो शहर पत्ता लगायो | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

मोरक्कोले दोस्रो शताब्दीको पुरानो शहर पत्ता लगायो

काठमाडौं, २० कात्तिक । मोरक्कन पुरातत्वविद्हरूले मोरक्कनको राजधानी रबातमा रोमन–युगको पुरातन सहर पत्ता लगाएका छन् । यो शहर दोस्रो शताब्दीको हो । हालै पत्ता लगाइएको पुरातात्विक स्थल प्रसिद्ध चेल्लाह साइटको नजिक अवस्थित छ ।

नयाँ शहर एक बन्दरगाह क्षेत्र रहेको बताइएको छ । एक ठूलो सार्वजनिक स्नान र एक चिहान क्षेत्र समावेश गरीएको छ । लगभग १८ सय वर्ष पहिलेको पुरातन मोरक्कोका मानिसहरूको जीवनमा अन्तरदृष्टि प्रदान गर्नेछ । सार्वजनिक स्नानको मान्यता प्राप्त भागले लगभग २ हजार वर्ग मिटर क्षेत्र ओगटेको छ ।

जुन पुरातन मोरक्कोको सबैभन्दा ठूलो सार्वजनिक स्नानमध्ये एक हो । मोरक्कोको युवा, संस्कृति र सञ्चार मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उत्खनन र पुरातात्विक सर्वेक्षण सहित पुरातात्विक अनुसन्धान परियोजना अप्रिलमा प्रारम्भ गरिएको थियो र राष्ट्रिय पुरातत्व विज्ञान र सम्पदा संस्थानले सञ्चालन गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);