एकीकृत समाजवादीको सचिवालय बैठक सुरु,महाधिवेशनबारे छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु,महाधिवेशनबारे छलफल हुने

काठमाडौं, २० कात्तिक । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक शुरु भएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक शुरु भएको हो ।

बैठकमा मेची—महाकाली जागरण अभियानको समीक्षा गर्ने बताइएको छ । जागरण अभियानताका झन्डै ३ लाख ५० हजारसँग प्रत्यक्ष भेटघाट भएको र झन्डै १० हजार कार्यकर्ता पार्टी प्रवेश गरेको पार्टीका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले बताएको छ । त्यस्तै माघमा हुने महाधिवेशनबारे आन्तरिक गृहकार्य र छलफल हुने बताइएको छ ।

साथै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र अध्यक्ष माधवकुमार नेपालको आसन्न चीन भ्रमणका साथै समसामयिक राजनीतिबारे छलफल हुने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);