अमेरिकाको भ्रमण फलदायी भएको परराष्ट्रमन्त्री साउदको दाबी | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

अमेरिकाको भ्रमण फलदायी भएको परराष्ट्रमन्त्री साउदको दाबी

काठमाडौं, २० कात्तिक । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अमेरिकाको औपचारिक भ्रमण फलदायी भएको बताउनु भएको छ । अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्केपछि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री साउदले नेपाल–अमेरिका सम्बन्धलाई थप उचाइमा पु¥याउन भ्रमण सफल भएको बताउनु भएको हो ।

यो भ्रमणबाट नेपाल र अमेरिकाबीचको आपसी मैत्री, समझदारी र सहयोगमा अभिवृद्धि भई द्विपक्षीय सम्वन्ध अझ सुदृढ भएको भन्दै मन्त्री साउदले अमेरिकी समकक्षी एन्टोनी ब्लिंकेनसँगको भेटवार्तामा दुवै पक्षबीच सहकार्यलाई घनीभूत बनाउने प्रतिबद्धता व्यक्त भएको बताउनु भयो ।

अल्पविकसित मुलुकबाट स्तरोन्नतिको प्रक्रियामा रहेकाले नेपालको विकासका प्राथमिकतामा वैदेशिक सहयोग महत्त्पूर्ण हुने चर्चा गर्दै परराष्ट्रमन्त्री साउदले नेपाललाई सूचना प्रविधिको विकास, खाद्य सुरक्षा, कृषिको विकास, बजार पहुँच, लगानी र व्यापारलगायत क्षेत्रहरूमा अमेरिकी सरकारबाट सहयोग बढाउन आग्रह गरेको उहाँले जानकारी दिनु भयो ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीअन्तर्गतका परियोजना समयमै कार्यान्वयनको महत्त्वमा जोड दिएको उहाँको भनाइ छ । अमेरिकी विदेशमन्त्री ब्लिंकेनलाई नेपालको औपचारिक भ्रमणका लागि निम्तो दिएको जानकारी पनि मन्त्री साउदले दिनु भयो । भ्रमणका क्रममा मन्त्री साउदले युएसएआइडीका प्रशासक समन्था पावर, सिनेटर क्रिस भान होलान तथा युएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरसनका प्रमुख कार्यकारी अधिकृत स्कोट नाथनसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);