जब भारतीले स्व.चेतनलाई सपनामा भौतारिएको देखेपछि... (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

जब भारतीले स्व.चेतनलाई सपनामा भौतारिएको देखेपछि… (भिडियोसहित)

काठमाडौं, १९ कात्तिक । स्व.चेतन मानन्धरकी पत्नी भारती मानन्धर शेर्पाले योगराज ढकाल रिगललाई सरकारले आम माफी दिएपछि सपनामा श्रीमान भौतारिरहेको देखेको बताएकी छिन् । माउन्टेन टेलिभिजन एचडीबाट शनिबार प्रशारण भएको कार्यक्रम ‘माउण्टेन बहस’मा कार्यक्रम प्रस्तोता पत्रकार मन्जु कार्कीसँग कुरा गर्दै भारतीले मनको बेदना पोखेकी हुन् ।

उनले भनिन्,“रिगल जेलबाट निस्किसकेपछि २÷३ दिन लगातार मेरो सपनामा आउनुभयो,बाटो नपाएजस्तो, एक्लै हिडेजस्तो, बाटो कहाँ जाउँ, कहाँ जाउँ जस्तो सपनामा आयो, त्यसपछि मलाई छटपटी भयो । र यो ठाउँसम्म पुगे ।”

ठुला दलका नेताहरुको सिफारिसमा सरकारले संविधान दिवसको अवसर पारेर पुर्व श्रीमानका हत्यारालाई आम माफी दिएपछि न्यायालयप्रति आशा र भरोसा डग्मगाएको उनले बताइन् । “सूरुमा मलाई विश्वास थिएन,राज्यले,ठुला दलका नेताहरुले आफ्नो कुर्सी पैसासँग बेचेर हत्याराहरुलाई साथ सर्पोट दिएर निकाल्छ भन्ने ।” उनले भनिन्,“नेताहरुको गरेको एउटा कदमले गर्दा न्यायालयप्रति मेरो आशा डग्मगाएको थियो । तर त्यो मेरो सोच गलत भयो, पक्कै पनि उसैको पक्षमा फैसला जान लागेको छ त्यही भएर मलाई सन्चो हुँदैन भनेर बोलाउन चाहानुभएको छैन की भनेर झन डराइरहेको थिए, दोधारमा थिए ।”

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा हत्या आरोपमा जन्मकैद सजाय भोगिरहेका रिगलको बाँकी कैद मिनाह गरिदिएका थिए । आफ्ना श्रीमान चेतनको हत्यारा रिगलको कैद मिनाहविरुद्ध भारतीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले रिगल भनिने योगराज ढकाललाई जन्मकैद छुट दिने सरकारको निर्णय बदर गरेको हो।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);