भूकम्प प्रभावित क्षेत्रमा फोन र एसएमएस सेवा निःशुल्क | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

 भूकम्प प्रभावित क्षेत्रमा फोन र एसएमएस सेवा निःशुल्क

काठमाडौं, कात्तिक १८ गते । सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन र एसएमएस निःशुल्क गर्ने व्यवस्था गरेको छ ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा फोन तथा एसएमएस पाँच दिनका लागि निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रवक्ता अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सूचना आदान प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरुलाई पाँच दिनको अवधिका लागि निःशुल्क फोन तथा म्यासेज सेवा उपलब्ध गराइएको छ । यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच दिन निःशुल्क फोन तथा एसएमएस सेवासहित निःशुल्क सिम उपलब्ध गराइने छ ।’

साथै टेलिकमले उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्ते वाईफाई सेवा समेत उपलब्ध गराएको छ । हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जनाइएको छ ।

टेलिकमल यस विषम परिस्थितिमा दूरुसञ्चार सेवाहरुलाई नियमित रुपमा सुचार राख्ने प्रतिबद्धता समेत जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);