कसैले चाहँदैमा संविधान बदलिदैनः देउवा | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

कसैले चाहँदैमा संविधान बदलिदैनः देउवा

सुवास आचार्य ||
बागलुङ, १७ कार्तिक ||
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधान कसैले चाहदैमा बदल्न नसक्ने बताउनु भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले यस्तो बताउनु भएको हो । ठूलो त्यग र वलिदानबाट प्रप्त भएको संविधानले सवैको अधिकार स्थापित गरेको भन्दै कसैले चाहदैमा संविधान परिवर्त नहुँने बताउनु भएको हो । पछिल्लो समय आइरहेका अफवाह प्रति विश्वास नगर्न पनि कार्यकर्तालाई आग्रह गर्नु भयो । ‘अरु कसैले जे भन्यो त्यसैमा बहकिने होइन, कांग्रेसले संविधान कार्यान्वयन गरेर छाड्छ,’ उहाले भन्नु भयो, ‘देशकै ठूलो दल भएको नाताले संघीयता र संविधानमा आएका समस्या समाधान गर्ने जिम्मा पनि कांग्रेसकै भएको बताउनु भयो । राजनीतिक दलहरुमा नेपाली कांग्रेसको मात्रै भविश्व रहेकोले कांग्रेसबाट निर्वाचित सांसद तथा जनप्रतिनिधिलाई जनताको पक्षमा काम गर्न निर्देशन दिनु भयो ।
कांग्रेस पार्टीभित्र बेमेल भइरहेको छ भन्ने कुरा सत्य नरहेको भन्दै देउवाले दलभित्रको फरक मत हुन सक्लान् यसलाई व्यवस्थापन गरिरहेको बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलालले संविधानले निर्दृष्ट र परिकल्पना गरेको मार्गचित्रमा सरकार अघि बढ्न आवश्यक रहेको बताउनु भयो । संविधानले सबै वर्ग, जातजाति र भाषाभाषीको अधिकार सुरक्षित गरेकोले त्यसको कार्यन्वयन गर्ने दायित्व सरकारको भएको बताउनु भयो । निर्धारित समयभित्र संविधान प्रदत्त अधिकार प्रत्याभूतिका लागि प्रदेश सरकारहरुमा ऐन बन्न नसक्दा समस्या सृजना भएको भन्दै सवै सरकारलाई बलियो बनाउन आवश्यक रहेको बताउनु भयो । सम्मेलनमा भाग लिन गाउँगाउँबाट करिव दुइ हजार कार्यकर्ता सदरमुकाम आएका थिए । सम्मेलनमा कांग्रेसले १ सय ५ जना ७५ वर्ष काटेका जेष्ठ कार्यकर्ता र सशस्त्र द्वन्द्व तथा अन्य आन्दोलनका सहीद परिवारलाई पनि सम्मान गरेको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताले प्रशिक्षण गर्ने पार्टी सचिव गण्डकी थापा अधिकारीले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);