काठमाडौं, १७ कार्तिक ||
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका कारण संसदको वर्षे अधिवेशन उपलब्धमुलक नभएको बताउनुभएको छ । सरकारले अघिल्लो अधिवेशनमा पेश गरिएको अतिआवश्यक विधेयक समेत वर्षे अधिवेशनमा नल्याउँदा संसदको यो अधिवेशन फलदायी हुन नसकेको उहाँको भनाई थियो । शुक्रवार न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष तिमिल्सिनाले सरकारका मन्त्रीहरुले आफैँले प्र्रश्तुत गरेको विधेयकसमेत अपवाद बाहेक चासो समेत नलिएको गुनासो समेत गर्नुभयो । संक्रमणकालीन न्याससँग सम्बन्धित विधेयक, संघीय निजामती सेवा जस्ता अतिआवश्यक विधेयक समेत सरकारले संसदमा नल्याएको उहाँले स्मरण गराउनु भयो । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाका विधायन व्यवस्थापन समितिले सरकारलाई विधेयकहरु ल्याउनका लागि ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको बताउनु भयो । सरकारले विधेयकहरु ल्याउन नसकेका कारण संसद प्रभावकारी हुन नसकेको उहाँको दाबी थियो । अध्यक्ष तिमिल्सिनाले सरकारले विजनेश नदिए पछि आफूले पटकपटक राष्ट्रिय सभाको बैठक सूचना टाँस गरेर स्थगित गर्नुपरेको बताउनु भयो ।
अध्यक्ष तिमिल्सिनाले सरकारले गैर सरकारी विधेयकलाई संसदमा प्रोत्साहित गर्र्न नचाहेको बताउनु भयो । गैरसरकार विधेयक सरकारकै अंग बन्ने भएपनि त्यसलाई संसदबाट पास गराउन अनिच्छुक देखिएको बताउनु भयो ।
संसदलाई फलदायी बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष तिमिल्सिना
ताजा समाचार
माघ १३ मा बस्दै कांग्रेस संसदीय दलको बैठक
५५ मिनेट अघि
सरकारमा जाने रुचि छैन :अध्यक्ष प्रचण्ड
१ दिन अघि