न्याय माग्दा डर, त्रास र धम्की आएः भारती मानन्धर | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

न्याय माग्दा डर, त्रास र धम्की आएः भारती मानन्धर

काठमाडौं, १७ कार्तिक ||
संविधान दिवसको अवसरमा आममाफी पाएका योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धरले सर्वोच्च अदालतको फैसलाले आफूलाई थप शासह दिएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूलाई धेरै बाधा, डर त्रास, धम्की र पैसाका बार्गेनिङहरु आएपनि अन्ततः न्याय पाएको बताउनु भयो । उहाँले आफ्नो टिमले कुनैपनि लोभ लालचमा नलागीकन आफ्नो सहयोग गरेकाले न्याय मिलेको बताउनु भयो । उहाँले अन्यायमा परेका महिलालाई आफ्नो यस कामबाट प्रेरणा मिल्ने आशा गरेको बताउनु भयो ।
नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई सरकारले गत संविधान दिवसको अवसरमा आममाफी दिएको थियो । रिगलको आममाफीबिरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);