विपिन जोशीको कतार सरकारमार्फत उद्धार गर्न शर्माको माग | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

विपिन जोशीको कतार सरकारमार्फत उद्धार गर्न शर्माको माग

काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले विपिन जोशीको उद्धारका लागि पहल गर्न सरकारसमक्ष आग्रह गरेका हुन् ।

शर्माले प्यालेस्टाइनको हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी जोशीको चाडो भन्दा चाडो उद्धार गर्न आग्रह गरेका हुन् ।

बिहीबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद शर्माले कतार सरकारमार्फत कुरा गरेर जोशीको उद्धार गर्नुपर्ने सुझाव दिएका हुन् ।

उनले उद्धार प्रक्रियामा गम्भीर पहलकदमी गर्न सभामुखमार्फत प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका हुन् । उनले भने – ‘नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ । कतार सरकारमार्फत कुरा गरेर उनलाई उद्धार गर्न सकिने सम्भावना औंल्याइएका छन् । यो प्रक्रियामा गम्भिर पहलकदमी गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको गम्भिर ध्यानाकर्षण गराउँदछु । भारत, बंगलादेश र भुटान तिन देशसँग निकटमा रहेको हाम्रो एकमात्र सीमा नाका काँकडभिट्टा हो । भारतीय अध्यागमनले पर्यटकको प्रवेश खुला नगरेका कारण काकडभिट्टा नाकामा पर्यटक आवागमनमा अवरोध जारी छ । यसले पर्यटन र समग्र व्यवसायमा असर परिरहेको छ । सरकारले अविलम्ब भारत सरकारसँग सम्वाद गरेर काकाभिट्टा नाका सुचारु गराउन म सरकारसमक्ष आग्रह गर्दछु ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);