रिगलको आममाफी दिने निर्णयविरुद्धको सुनुवाइको फैसला आज हुँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

रिगलको आममाफी दिने निर्णयविरुद्धको सुनुवाइको फैसला आज हुँदै

काठमाडौं, १६ कात्तिक । राष्ट्रपतिबाट कैद मिनाहा पाएका रिगल भनिने योगराज ढकालविरुद्धको रिटमा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ । कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले दुवै तर्फको बहस सुनिसकेपछि बिहीबार निर्णय सुनाउने दिन तोकेको हो ।

मंगलबार र बुधबार निरन्तर सुनुवाइ गरी पूर्ण इजलासले निर्णय दिन लागेको हो । मंगलबार सुनुवाइ नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको थियो । ज्यान मुद्दामा जन्मकैद सजाय पाएका ढकाललाई राष्ट्रपतिद्वारा गरिएको कैद मिनाहाविरुद्ध परेको रिटमा अग्राधिकार दिएर सुनुवाइ गरेको सर्वोच्चले फैसला सुनाउन लागेको हो । रिट निवेदकको पक्षबाट बहस गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले राष्ट्रपतिले राजनीतिक आग्रहका आधारमा जघन्य अपराधमा संलग्न व्यक्तिलाई कैद मिनाहा दिएको जिकिर गर्दै राष्ट्रपतिले संवैधानिक अधिकारको दुरुपयोग गरेको बताउनुभएको थियो ।

निवेकको बहस सकिएपछि महान्यायाधिवक्ता दीनमणि पोखरेलले सरकारको निर्णयको बचाउ गर्नुभएको थियो । उहाँले सत्तारूढ कांग्रेसको कार्यकर्ता भएको आधारमा रिगल एक्लैलाई मिनाहा दिएको नभई उनीजस्ता डेढ सयभन्दा बढी कर्तव्य ज्यान मुद्दाका कैदीलाई कानुनअनुसारको सुविधा प्रदान गरेको र त्यस क्रममा रिगलले पनि पाएको तर्क गर्नुभएको थियो ।

२०७२ असार २८ गते बाँकेको नेपालगन्ज–१६ स्थित मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटेलअगाडि रिगलसहित करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको बाँके जिल्ला अदालते ठहर गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);