काठमाडौं, १५ कात्तिक । आज ऐश्वर्या रायको ५० औं जन्मदिन हो । बलिउडमा झण्डै साढे दुई दशक पूरा गरिसकेकी ऐश आफ्नो सौन्दर्यका कारण मात्र होइन आफ्नो नृत्य र अभिनयले करोडौं फ्यान पनि बनाएकी छिन् । हिन्दी मात्रै होइन, ऐश्वर्याले तमिल, तेलुगु, बंगाली र हलिउड फिल्ममा पनि नाम कमाएकी छिन् ।
तर, विवाहपछि उनको करियरमा उल्लेखनीय गिरावट आएको थियो । पछिल्लो डेढ दशकमा उनका ४ वटा मात्रै फिल्म हिट भएका छन् । अहिले कुनै आगामी परियोजना छैन। यसका बावजुद ऐश्वर्याको हैसियत उद्योगमा घटेको छैन । उनी अहिले पनि बलिउडकी सबैभन्दा धनी अभिनेत्री हुन् ।
उनको नाम ८२८ करोडको नेटवर्थको साथ पहिलो नम्बरमा छ। उनीभन्दा प्रियंका चोपडा र दीपिका पादुकोणजस्ता नायिकाहरू अझै पछाडी छन् । फिल्म फ्लप भए पनि आज पनि एक फिल्मको १२ करोड भारु लिन्छिन् । उनको कार संग्रहमा मात्र करिब १५ करोड गाडी छन् ।
कलेजको समयमा पनि ऐश्वर्या सबै शिक्षकको मनपर्ने थिइन् । सामान्यतया उनी कक्षाको पछाडि बस्ने गर्दथिन्, तर जहिले पनि भौतिकशास्त्रको लेक्चरले गर्दा पहिलो सिटमा आउनुपथ्यो । ऐश्वर्या फिजिक्स शिक्षिकाको मनपर्ने थिइन् । उनको अनुरोधमा ऐश्वर्याले कलेज म्यागजिनको लागि सुटिङ गरिन् जहाँबाट उनको मोडलिङमा रुचि बढ्यो । बिस्तारै उनलाई ठूला कम्पनीबाट विज्ञापन फिल्मको अफर आउन थाल्यो ।