काठमाडौं, १४ कार्तिक ||
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले बीउ बिजनसम्बन्धी नयाँ नियमावली नबनेसम्म फुकाइएको बाधा अड्चनबाट काम गर्न सकिने बताउनुभएको छ । १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीलाई मंगलवार ललितपुरमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले बीउ बिजनसम्बन्धी नियमावली चाँडो बन्नुपर्ने भएपनि बन्न नसकेकाले सरकारले बाधा अड्काउ फुकाएर नियमावली नबन्दासम्मको बाधा अड्काउ फुकाइएकोबाट नै काम गर्न सकिने बताउनु भयो । उहाँले नियमावली बनाउने काम सरकारको भएकाले सरकारले अहिले अर्थमन्त्रालयको सहमतिबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पु¥याइएको बताउनु भयो । उहाँले बीउ बिजनसम्बन्धी नयाँ नियमावली चाँडै पारित गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले सरकार आफ्नो उत्पादनको प्रवद्र्धन गर्ने, उत्पादनको रक्षा र संवद्र्धन गर्ने पक्षमा दृढ रहेको बताउनु भयो । मन्त्री भुसालले अहिलेको समाधान राष्ट्रिय उत्पादनको वृद्धि र आयात प्रतिष्थापन गर्नु रहेको बताउनु भयो । प्रदर्शनी आजबाट कात्तिक १८ गतेसम्म हुनेछ ।