सरसफाइ, प्रभातफेरि र शुभकामना कार्यक्रम गरी नेपाल संवत मनाउने | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

सरसफाइ, प्रभातफेरि र शुभकामना कार्यक्रम गरी नेपाल संवत मनाउने

काठमाडौं, १४ कात्तिक । नेकपा एमाले काठमाडौं महानगर कमिटीले नेपाल संवत तथा शंखधर शाख्वाको स्मरणमा सरसफाइ, प्रभातफेरि र शुभकामना कार्यक्रम गरी नेपाल संवत मनाउने भएको छ ।

महानगर कमिटीले नेपाल संवत तथा शंखधर शाख्वाको स्मरणमा कातिक १८ गते शनिबार सरसफाइ, २८ गते प्रभातफेरि र मंसिर ६ गते टुक्च्चा तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो ।
सोमबार प्रज्ञा प्रतिष्ठानमा भएको नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटीको पूर्ण बैठकलाई सम्बोधनका क्रममा महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले सो जानकारी दिएका हुन् ।

मंसिर मंसिर ६ गते टुक्च्चा तथा शुभकामना आदानप्रदान, रक्तदानलगायत कार्यक्रम हुने कार्यक्रमका प्रमुख आतिथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहने अध्यक्ष देउलाले जानकारी दिए ।

पूर्वमन्त्री तथा काठमाडौं महानगरका इन्चार्ज रामेश्वर फुयालले भाषा, संस्कृति र संस्कार अमूल्य सम्पति भएको बताउँदै काठमाडौं महानगरपालिका र उपत्यकाका अन्य कमिटीहरु पनि भाषा र संस्कृति बचाउन सक्रिय हुनुपर्ने बताए ।

आज भाषा र संस्कृति खोजीको विषय भएको बताउँदै उनले विगतमा नेकपा (एमाले)ले गरेको भूमिका स्मरण गरे । उनले नेपाल संवत १११९ देखि नेपाल संवतलाई राष्ट्रिय संवत कार्यान्वयनमा ल्याउन लागिपरेको बताए । यस्तै, उनले काठमाडौं जिल्लाका १३८ वटै वडामा आफ्नो संस्कृतिअनुरुप देउसी भैलो कार्यक्रम गर्न आह्वान गरिएको जानकारी दिए ।

लोलोपोतो गरेर पार्टी नचल्ने बताउँदै तदारुक्ताका साथ काम गर्न उनले काठमाडौं महानगरका ३२ वटै वडालाई निर्देशन दिए । काठमाडौं महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्यले नेपाल संवत राष्ट्रिय संवत भएको भन्दै नेपाल भाषा र नेपाल संवत फरक विषय भएको बताए । उनले भने, ‘नेपाल संवत राष्ट्रिय संवत हो । यसको नेतृत्व हामी (नेकपा एमाले)ले गर्नुपर्छ ।’

नेपाल संवतलाई स्थापित गराउन नेकपा एमालेका अग्रज सबै नेताको अहम भूमिका रहेको बताए । विगतमा नेकपा एमालेले नेपाल संवतको विषय बोक्दा संवतको राजनीति लागेकोमा अहिले सबै पार्टीले नेपाल संवतको अवसरमा चियापान कार्यक्रम र शुभकामना आदानप्रदान हुने गरेको बताए । हाल काठमाडौं उपत्यकाका प्रायः सबै ठाउँमा नेपाल संवत कार्यक्रमको सुरुवात भएको उनले बताए ।

काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले नेपाल संवतका प्रणेता शंखधर शाख्वाले जनतालाई ऋणमोचन गरेको स्मरण गरे । उनले हरेक चाडपर्व मानवीय सामाजिक तथा सांस्कृतिक पक्षसँग जोडिएको बताए ।

महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले नेपाल संवतसँग जोडिएका शंखधर शाख्वालाई नेकपा एमालेको ब्रान्ड भएको बताए । २०५५ सालदेखि नै नेपाल संवतको एजेन्डालाई नेकपा एमालेको एजेन्डा बनेको बताउँदै उनले बीचमा अरुले यो एजेन्डा बोके पनि यसमा मुख्य भूमिका नेकपा एमालेको रहेको बताए ।

उनले भने, ‘शंखधर शाख्व राष्ट्रिय विभूति हुनुमा नेकपा एमाले र राजधानी काठमाडौं उपत्यकाको विशेष देन छ ।’ काठमाडौं महानगर कमिटीको सहआयोजनामा टेकूदेखि १६ नम्बर वडासम्म बग्ने विष्णुमति नदी सरसफाइ कार्यक्रम गर्ने भएको छ । कातिक २८ गते नेपाल संवत प्रारम्भ भएको दिन स्मरण गर्ने पनि उनले जानकारी दिए ।

महानगर कमिटीले मंसिर ६ गते टुक्च्चा कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गर्ने भएको छ । साथै,रक्तदान कार्यक्रम पनि गर्ने भएको छ । यस्तै, कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न उपसमितिसमेत चयन गरिएको छ । कार्यक्रमलाई सम्बोधनका क्रममा एमालेका स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले नेपाल संवत ११४४ नेकपा एमालेका लागि सुखद रहोस् भनी शुभेच्छा प्रकट गरे ।

सो क्रममा उनले नेपाल संवतको शुभकामना आदानप्रदान कार्यक्रमको इतिहास राजनीतिक विषय भएको जानकारी दिँदै उनले नेपाल संवतका प्रणेता शंखधर खाख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको बताए । कार्यक्रममा काठमाडौं महानगरकी उपमेयर सुनीता डंगोल, प्रदेश कमिटीमा निर्वाचित सदस्य, काठमाडौं जिल्ला सचिव राजेश शाक्य, उपसचिव तेजप्रसाद ढकालको सहभागिता थियो । यसैगरी कार्यक्रमको सञ्चालन काठमाडौं महानगर कमिटी सचिव गणेश श्रेष्ठले गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);