गाजामा दैनिक ४२० बालबालिका युद्धको चपेटामा, हमासको कब्जामा रहेकी महिलाको उद्धार | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

गाजामा दैनिक ४२० बालबालिका युद्धको चपेटामा, हमासको कब्जामा रहेकी महिलाको उद्धार

काठमाडौं,१४ कात्तिक । इजरायल र हमासबीचको युद्धको आज २५औं दिन हो । संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार गाजामा हरेक दिन करिब ४२० बालबालिका इजरायली आक्रमणको सिकार भइरहेका छन् । अर्कोतर्फ, इजरायली सेनाले सोमबार राति एक विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तीमा लेखिएको छ, ‘हामीले गाजामा केही घण्टासम्म विशेष र गोप्य सैन्य कारबाही गरेका थियौं । यस अवधिमा, उनीहरूले हमासद्वारा कब्जामा परेका हाम्रा एक महिला सैनिकलाई उद्धार गरियो, यी सैनिक अहिले आफ्नो परिवारसँग छन् र पूर्ण रूपमा स्वस्थ छन्।’

इजरायली सेनाले आगामी दिनमा गाजामा भूमिगत कारबाहीलाई तीव्र बनाइने पनि स्पष्ट पारेको छ । अर्कोतर्फ, सोमबार राति अबेर राति प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पत्रकार सम्मेलनमा भने– इजरायल अक्टोबर ७ देखि युद्धमा छ । इजरायलले यो युद्ध सुरु गरेको थिएन। इजरायल यो युद्ध चाहँदैन थियो। हामी युद्धविराम घोषणा गर्दैनौं, यो हमासलाई आत्मसमर्पण गर्नु जस्तै हुनेछ।

यसैबीच हमासले बन्धकहरुको भिडियो सार्वजनिक गरेको छ । ७६ सेकेन्डको भिडियोमा तीन इजरायली महिला देखिएका छन् । यी मध्ये एक महिलाले भनिन् इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु जनताको सुरक्षा गर्न असफल भए । उनले रिहाइका लागि कैदी विनिमयको प्रस्तावलाई स्वीकार गर्न अपिल गरेका छन् ।

यसैबीच इजरायलले हमासले जारी गरेको भिडियोलाई प्रोपागाण्डा भनेको छ । सरकार भन्छ– बन्धकहरूलाई फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेका छौं । हमासले २०० देखि २५० जनालाई बन्धक बनाएको छ । हालसम्म ४ जना मात्रै बन्धक मुक्त भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);