'राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ पुनः गृह मन्त्रालयमा पठाइनु हुँदैन्’ | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ पुनः गृह मन्त्रालयमा पठाइनु हुँदैन्’

काठमाडौं, १३ कात्तिक । राष्ट्रिय सभा सदस्य एवं नेपाली काँग्रेसका नेता रमेशजंग रायमाझीले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक,२०७९ मन्त्रीपरिषद्मा नभइ सिधै संसदमा पेस हुनुपर्ने बताउनुभएको छ ।

सोमवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ गृह मन्त्रालयले पहिल्यै ल्याएको भए स्वागतयोग्य हुने भएपनि अब भने गृह मन्त्रालयमा विधेयक पु¥याएर संसदमा लैजानु नहुने बताउनु भयो । उहाँले पुनः गृहमन्त्रालयमा विधेयक पुग्नु भनेको पास नगर्ने नियत भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले यो विधेयक ल्याउनुपर्ने जरुरी भयो । गृह मन्त्रालयले पहिल्यै यो कुरा सोचेर ल्याइदिएको भए हामीले यत्रो तीन महिना छलफल गर्नुपर्ने थिएन । गृह मन्त्रालयले चाहना देखाएर क्याबिनेटबाट आफैँ तयार गरेर ल्याएको मान्थ्यौँ । तर अब हामी फेरि यो विधेयक क्याबिनेटबाट लैजाने कुरामा हामी तयार छैनौँ । किनभने यो संसदको सम्पती हो । सरोकारवालासँग पहिला छलफल नगर्ने अनि संसदमा पेस गरेपछि बाहिरको सरोकारवालासँग छलफल गर्ने र संसदलाई गुमराहमा राख्ने काम संसदीय मर्यादा बाहिरको हो । फेरि यही कुरा गृह मन्त्रालयमा जाने भनेको नगर्ने नियत हो ।’

त्यस्तै राष्ट्रिय सभा सदस्य एवं नेकपा एमालेका नेता देवेन्द्र दाहालले राष्ट्रिय मर्यादाको अन्योलता अन्त्य गर्न विधेयकको आवश्यकता महशुस गरिएको बताउनु भयो । उहाँले सरकारी एवं सार्वजनिक पदाधिकारी र देशका लागि योगदान गरेका विशिष्ट व्यक्तिहरुको मर्यादामा र अति विशिष्ट तथा विशिष्टहरुको मर्यादामा गरिने सम्बोधन, राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग, अतिविशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने र सलामी दिने विषयहरु विधेयमा समेटिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो किन आवश्यकता प¥यो भने निम्न विषयमा रहेको व्यवस्थालाई एकीकृत गर्न र अन्योलता अन्त्य गर्न यो विधेयकको आवश्यकता महशुस गरियो । सरकारी एवं सार्वजनिक पदाधिकारी र देशका लागि योगदान गरेका विशिष्ट व्यक्तिहरुको मर्यादामा र अति विशिष्ट तथा विशिष्टहरुको मर्यादामा गरिने सम्बोधन, राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग, अतिविशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने र सलामी दिने विषय यसमा समेटिएका छन् ।’ नेता दाहालले राष्ट्रिय मर्यादाका विषयहरुलाई एकीकृत गर्न विधेयक मशुस गरिएको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);